काठमाडौ । नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कुमार शमशेर राणाको निधन भएको छ।
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान दिनुभएका राणाको शुक्रबार निधन भएको हो ।
नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गर्दै डा राणाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
राणको निधनले अपूरणीय क्षति पुगेको भन्दै संघका महासचिव डा बद्री रिजालले विज्ञप्तिमार्फत नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा दिएको अतुलनीय योगदान सबैको मानसपटलमा स्मरणयोग्य रहने बताउनुभएको छ ।
नेपालको चिकित्सा शिक्षा र चिकित्सा शिक्षामा डा राणाको अतुलनीय योगदान रहेको छ । केही वर्ष भक्तपुर अस्पतालमा काम गर्नुभएका राणाले पछि पाटन अस्पतालमा पनि काम गर्नुभयो। २०२६् ÷० २७ सालतिर पोखरामा गण्डकी अस्पतालमा सरुवा भएपछि उहाँ सधैँ पोखरामै रहनुभयो।
उहाँले ६३ बिरामीको सेवामा बिताउनुभएको थियो।