• आइतबार, २ कात्तिक २०८३
  • images

    डाक्टरको नाममा पक्राउ पुर्जी जारी प्रकरण:  कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द

    डाक्टरको नाममा पक्राउ पुर्जी जारी प्रकरण:  कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द

    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    डाक्टरको नाममा पक्राउ पुर्जी जारी प्रकरण:  कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द
    फाइल तस्वीर

     जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डाक्टर करण साहको नाममा पक्राउ पुर्जी जारी भएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका छन् ।  
    मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आजैबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् । 

    डा.साहमाथि आक्रमण भएको सीसीटिभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी भएको घटनाले मर्माहत भएको  चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन् । 

    images

    यस्तो भयपूर्ण वातावरणमा सेवा दिन सेवा दिन नसक्ने उनीहरुको भनाइ छ ।

    झुटा मुद्दा फिर्ता लिएर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मीको माग छ। डा. साहमाथिको मुद्दा फिर्ता नभएसम्म काममा नफर्कने अडान उनीहरुले लिएका छन् । 

    भदौ २ गते प्रतिष्ठानमै कार्यरत धनबहादुर शाहीले डा‍.साहमाथि कुटपिट गर्नुभएको थियो । कुटपिटपछि शाहीलाई प्रहरीले पक्राउ गरको थियो । 

    छोराको उपचारका विषयमा डाक्टरसँग विवाद हुँदा शाहीले कुटपिट गरेका थिए । उनलाई ४५ दिनको लागि निलम्बित समेत गरिएको थियो ।

    शाहीकी श्रीमती आशा हमाल शाहीले भने आफ्ना ६ वर्षीय छोरा पृथकविक्रम शाहीको उपचारमा साहले हिंसा गरेको भन्दै जुम्ला प्रहरीमा भदौ १३ गते  जाहेरी दिनुभएको थियो । 

    यसै जाहेरीका आधारमा डा.साहको नाममा पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । e7b2ebf48e0ec7889190240b7cd6cd73.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार