काठमाडौ, ४ असोज । हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ गरिएको छ ।
हेटौँडाको सुनिल पाख्रिनलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालयमा आइतबार भएको थप ५ जनालाई पक्राउ पुर्जी जारी गर्ने सहित भएको ६ बुँदे सहमति अनुसार ती मध्ये पाख्रिन पक्राउ परेका हुन् ।
चिकित्सक संघसंग सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको थियो।
उक्त घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी भएको छ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।
चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि स्वास्थ्य मन्त्रलयले अतिरिक्त सचिव डा विकास देवकोटाको नेतृत्वमा वार्ता टोली गठन गरी ६ बुँदे सहमति गरिएको थियो।