पाँच दिन स्वास्थ्य सेवा बन्द रहने
काठमाडौ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले २४ माघ सम्मका लागि दिने स्वास्थ्य सेवा बन्द गरेको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै अस्पतालमा कार्यरत विशेषज्ञहरु नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा सहभागि हुनलाई विदा बस्नुपरेकोले सेवा बन्द गरेको जनाएको छ । काउन्सिलको परीक्षामा सहभागि हुनलाई रेडियोलोजिष्ट डा. रक्षा भट्टराई,एनेस्थेसियोलोजिष्ट डा.विकास अधिकारी र गाइनेकोलोजिष्ट डा.प्रकृति आचार्य नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा सहभागि हुनु परेकोले २० माघ देखि २४ माघसम्म अल्ट्रासाउण्ड सेवा र शल्यक्रिया गरी गराइने प्रसूति सेवा बन्द रहने अस्पतालले जनाएको छ ।
हेरौंसूचनाः
