• शनिबार, १ कात्तिक २०८३
  • images

    ट्रमाका बिरामीका लागि एक्सरे डीआर मेसिन सञ्चालनमा

    ट्रमाका बिरामीका लागि एक्सरे डीआर मेसिन सञ्चालनमा

    स्वास्थ्य राज्यमन्त्रीद्धारा उद्घाटन

    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    ट्रमाका बिरामीका लागि एक्सरे डीआर मेसिन सञ्चालनमा


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसीनको उद्घाटन गर्नुभएको छ । एक्सरे डीआर मेसीनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले यो मेसीनको पूर्ण उपयोग गर्न सके  ट्रमाका विरामीलाई राहत हुने बताउनुभयो । उहाँले  ट्रमा सेन्टरलाई एमआरआई मेसीन उपलब्ध गराउन पहल थाल्ने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री केसीले ट्रमामा २५ बेडको आइसीयू बनाउन पहल गर्ने भन्दै  एक सय शैया थप गर्ने योजना रहेको बताउनुभयो । 
    ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद कुमार यादवले उक्त  मेसीन उपयोगमा आउने बताउनुभयो । एक्सरे डीआर मेसीनको लागत एक करोड ५० लाख रहेको छ । 
    ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले ट्रमाका विरामीहरुको हरेक एगंलबाट रेडीयोग्राफी इमेज निकाल्न सकिने जानकारी दिनुभयो । उहाँले अटोमेटिक र पूर्ण प्रविधिमैत्रि डीजीटलाइज्ड रेडियोग्राफी उपकरण रहेको भन्दै यसले धेरै विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्छ र ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको जानकारी दिनुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार