• सोमबार, १५ भदौ २०८३
  • images

    अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय राजपत्रमा प्रकाशित, डा यादव सचिव हुनबाट बन्चित  

    अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय राजपत्रमा प्रकाशित, डा यादव सचिव हुनबाट बन्चित  

    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय राजपत्रमा प्रकाशित, डा यादव सचिव हुनबाट बन्चित   
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ १२ औं तहलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय राजपत्रमा प्रकाशित भएको छ।  मुद्रण विभागले पदनाम परिवर्तन सम्वन्धी स्वास्थ्य मन्त्रालयको सूचना प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयका १२ औं तहमा कार्यरत प्रमुख विशेषज्ञहरुलाई स्वत: अतिरिक्त सचिव हुनेछन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको थियो। उक्त निर्णय राजपत्रमा प्रकाशित हुन समय लाग्दा १२ तहका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवले अतिरिक्त सचिव हुन बाट बन्चित हुनुपरेको थियो। 
    राजपत्रमा गत २ असोजमा प्रकाशित राजपत्रमा ‘स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १३१ ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको अनुसूची ३ को अधिकृत बाह्रौँ तह अन्तरगर्तको सिंन १ मा रहेका प्रमुख विशेषज्ञ भन्ने शव्दहरुको शट्टा अतिरिक्त स्वास्थ्य सचिव भन्ने शव्दहरु राखी हेरफेर गरिएको उल्लेख छ ।atirikta-sachib.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार