• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    आजदेखि पाँच वर्ष माथिका बालबालिकाहरुलाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइँदै

    आजदेखि पाँच वर्ष माथिका बालबालिकाहरुलाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइँदै

    हेल्दीखबर
    सोमबार, साउन २ २०७९
    हेल्दीखबर
    सोमबार, साउन २ २०७९
    आजदेखि पाँच वर्ष माथिका बालबालिकाहरुलाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइँदै
    तस्वीरः युएन


    काठमाडौ । आजदेखि पाँच वर्ष भन्दा माथि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ । सरकारले देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मको बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई सोमबारदेखि दोस्रो मात्रा लगाउन थालेको हो।
    ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो।    

    दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ। पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो। 
    ती जिल्लामा प्रदेश १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर छन्।     

    यस्तै, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन्।     

    यस्तै, दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ। सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार