रगत चाहिने बिरामीले ८१० देखि १६४० रुपैंयासम्म तिर्नुपर्ने
काठमाडौं । रक्तदाताले निःशुल्क रुपमा उपलब्ध गराएको रगतलाई सरकारले ३२० प्रतिशतसम्मले बढाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्यमा ६५ देखि ३२० प्रतिशतसम्म मुल्य बढाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे जानकारी गराउँदै पठाएको पत्रमा प्रति युनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने सूचना जारी गरेको छ । यसअघि प्रति युनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट मुल्यवृद्धि भएको जानकारी दिनुभयो ।
सरकारले व्लड व्यागको ८० रुपैंयाबाट बढाएर १५० रुपैयाँ पु¥याएको छ ।
यस्तै ट्रान्सफुजन सेट ३० रुपैयाँबाट बढाएर एकसय रुपैयाँ पु¥याएको छ ।
