• बुधबार, ४ कात्तिक २०८३
  • images

    टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकामा उच्च ज्वरो

    टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकामा उच्च ज्वरो

    अनुसन्धान सुरु

    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकामा उच्च ज्वरो

    काठमाडौ । टाइफाइडविरुद्ध खोप लगाएका केही बालबालिका बिरामी परेको खबरपछि अनुसन्धान गर्न थालिएको बताइएको छ । अधिकारीहरूका अनुसार खोप लगाएका केही बालबालिका सामान्य लक्षणसहित बिरामी परेका हुन् । नेपालमा पहिलोपटक अभियानकै रूपमा सञ्चालन गरिएको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई प्रदान गरिएको थियो । खोप लगाएपछि केही बालबालिकामा ‘उच्च ज्वरो’ आउने गरेको बताइएको छ । यस किसिमका केही बालबालिका कान्ति बाल अस्पतालमा उपचारका लागि आएको बताइएको छ । अस्पतालका अनुसार ती बालबालिकालाई खोप लगाएको एकाध दिनदेखि ज्वरो आउन थालेको हो । हाल दैनिक १० देखि १५ जनासम्ममा त्यस्तो समस्या आउने गरेको बताइएको छ । 

    खोप अभियानमा संलग्न एक अधिकारीकाअनुसार २ जनामा भने ‘गम्भीर’ प्रकृतिको समस्या देखिएको हो ।

    images

    यद्यपि त्यस्तो लक्षणहरूसहितको समस्यालाई सामान्य रूपमा लिनुपर्ने अध्ययनमा संलग्न एक विज्ञले बताउनुभयो ।

    चैत २५ गते वैँशाख ११ गतेसम्म काठमाडौंमा टाइफाइड विरुद्धको खोप अभियान चलाइएको थियो ।सो अवधिमा विद्यालयमा विद्यार्थीलाई खोप प्रदान गरिएको थियो ।

    (विविसी)

    प्रतिक्रिया दिनुहोस
    थप समाचार