• बुधबार, ४ कात्तिक २०८३
  • images

    नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान सुरु

    नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान सुरु

    प्रधानमन्त्री देउवाद्धारा उद्घाटन 

    हेल्दीखबर
    बिहीबार , चैत २४ २०७८
    हेल्दीखबर
    बिहीबार , चैत २४ २०७८
    नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान सुरु


    काठमाडौं । नेपालमा आजदेखि आधिकारिक रुपमा टाइफाइड विरुद्धको खोप अभियान शुरु भएको छ।टाइफाइड विरुद्धको खोप अभियान दक्षिण एसियामा पहिलो पटक नेपालमा सुरु भएको हो। आज प्रधानमन्त्री शेर बहादुर देउवाले खोप अभियानको शुभारम्भ गरेका छन्।प्रधानमन्त्रीले खोप क्यारियर हस्तान्तर गरेपछि काठमाडौँ महानगरपालिकाले दरबार हाईस्कुल परिसरमै १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरेको छ ।
    उक्त अवसरमा  सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियानलाई सफल बनाउनुपर्ने  बताए । उनले टाइफाइड विरुद्धको अभियानलाईको कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी  टाइफाइड विरुद्धको अभियानलाई सफल बनाउनुपर्ने बताए।  उनले काठमाडौंमा थुप्रिएको फोहरले राजधानीबासीलाई नै लज्जावोध गराएको भन्दै त्यसलाई ट्रिटमेन्ट प्लान्ट मार्फत व्यवस्थि त गर्न महानगरलाई सुझाव दिए । स्वास्थ्य मन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको २४ दिने खोप अभियानलाई विना कुनै अवरोध सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए।  यसअघिका अभियान जस्तै सफल बनाउनुपर्नेमा उनको भनाइ थियो । उनले अभियानका लागि संघीय सरकारले गरेका कामहरुको बारेमा समेत चर्चा गरेका थिए ।

    पानीजन्य रोगबाट बालबालिकालाई जोगाउनका लागि सरकारले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । यो खोप अभियान देशभरका ७५३ वटै स्थानीय निकायबाट वैशाख १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । नेपाल टाइफाइड विरुद्धको खोप सुरु गर्ने दक्षिण पूर्वी एशियामा पहिलाे राष्ट्र हो । सरकारले अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष सम्मका झण्डै ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ ।
    विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औषत ४ लाख ५० हजार भन्दा बढीमा टाइफाइड रोगको संक्रमण पुष्टि भएको पाइएको छ । यो रोग १५ वर्ष मूनिका बालिबालिकामा बढी देखिएको छ । नेपालमा हाल ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार