• सोमबार, २ कात्तिक २०८३
  • images

    वीरगञ्जको नारायणी अस्पतालमा आमा र बच्चाको अकालमै मृत्यु

    वीरगञ्जको नारायणी अस्पतालमा आमा र बच्चाको अकालमै मृत्यु

    बिहीबार , साउन ७ २०७८
    बिहीबार , साउन ७ २०७८
    वीरगञ्जको नारायणी अस्पतालमा आमा र बच्चाको अकालमै मृत्यु


    काठमाडौँ, ७ साउन ।
    रौतहटको कटहरिया नगरपालिका–७, श्रीनगरकी एक महिलाको गर्भमा छैटौं सन्तान हुर्कंदै थियो । पाँचौं सन्तान शल्यक्रियाबाट जन्माइएकोले उनलाई फेरि अस्पताल पठाउनुपर्ने थियो, तर कटहरियाकै स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गर्दा बच्चादानी फुट्यो ।त्यसपछि उनलाई बाराको कलैया अस्पताल हुँदै गत असार ११ गते वीरगञ्जको नारायणी अस्पताल पु¥याइयो ।
     त्यसबेलासम्म गर्भको बच्चा मरिसकेको थियो । ती महिलाले यसअघि जन्माएका पाँच सन्तानमध्ये तीन मात्र जीवित छन् । रौतहटको राजपुर नगरपालिका–९ की २५ वर्षीया गर्भवतीलाई छैटौं बच्चा जन्माउन स्थानीय वर्थिङ सेन्टर लगेर बेथा लाग्ने सुई लगाउँदा उनको बच्चादानी फुट्यो । त्यसपछि गत फागुन २५ गते नारायणी अस्पताल ल्याइएकी उनी त धन्न बाँचिन्, तर बच्चा जोगिएन । जिल्लाका सबै स्वास्थ्यकर्मीलाई एउटा बच्चा शल्यक्रियाबाट निकालेपछि अर्को पनि शल्यक्रिया नै गर्नुपर्छ भन्ने ज्ञान नहुँदा यस्तो हुने गरेको नारायणीको प्रसूति विभागका स्वास्थ्यकर्मीहरू बताएका छन् ।

    बाराको आदर्श कोतवाल– १ की एक गर्भवती बिरामी परिन् । उनलाई टाइफाइड भएको शंकामा गाउँकै स्वास्थ्य संस्थाले १० दिनसम्म औषधि दियो, काम गरेन । ३० हप्ताकी गर्भवती उनलाई धेरै गाह्रो भएपछि जेठ १५ गते नारायणी अस्पताल ल्याइयो । बिरामी भएर खाना खान नसक्दा धेरै कमजोर र रक्तअल्पता समेत भइसकेकी उनलाई दुई पिन्ट रगत दिएर उपचार गरियो ।

    images

    २९ गते अचानक पेट धेरै दुख्ने, सास लिन गाह्रो हुने भएपछि उनलाई सुत्केरी गराउँदा जम्मा १.१ केजीको बच्चा जन्मियो । असार २ गते जनरल आईसीयूमा सारेपछि उनको पेट फुल्ने समस्या देखियो । जाँच गर्दा पेटमा पिप जमेको देखियो । उपचारकै क्रममा असार ५ गते राति १२ बजे उनको मृत्यु भयो । नर्सिङ इन्चार्ज अहेमा थापाले  समयमै अस्पताल ल्याएको भए ती २५ वर्षीया महिलाको मृत्यु नहुने बताउनुभएको छ । नारायणी अस्पतालमै आर्थिक वर्ष २०७६÷७७ मा ८० र २०७७÷७८ मा ८३ जना शिशुको मृत्यु भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार