कास्की । दुर्घटनामा एक जनाको निधन भएको छ। नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको हो। पौडेल अघिल्लो दिन शुक्रबार पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ घर फर्कदा दुर्घटनामा पर्नुभएको थियो। उहाँको घर फेदीखोला गाउँपालिकामा पर्दछ। करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा पर्नुभएको थियो। मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा भइ पौडेल भीरबाट खस्नुभएको थियो। प्रहरी निरीक्षक पदम थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । थापाका अनुसार शुक्रबार साँझ साढे पाँच बजेतिर पुतली बजारबाट पोखरा जाने क्रममा भालु पहाडको सडक बिस्तार भइरहेकोले चिप्लिएर मोटरसाइकल दुर्घटना भएको हो । ‘कच्ची बाटो र पानी परेको बेला भएकोले सडक दुर्घटना भएको थियो।
प्रहरीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको छ। थापाका अनुसार पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको थियो। उहाँ चढेको बाइक त्योभन्दा ५० मिटर तल खसेको छ ।