• शनिबार, १ कात्तिक २०८३
  • images

    मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

    मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

    तापक्रम माइनस ७ डिग्री सेन्टीग्रेड

    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

     मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । आइतबार बिहानैबाट निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित भएको हो।मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले मनाङमा तेस्रो पटक भारी हिमपात भएको छ । यसअघि मंसिर दोस्रो साता र पुस दोस्रो साता भारी हिमपात भएको थियो । त्यसपछिको ठूलो हिमपात आइतबार भएको उहाँले बताउनुभयो । चामे क्षेत्रमा एक फिट बढी हिउँ जमेको उहाँले बताउनुभयो ।
    मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ गुरुङकाअनुसार हिमपातका कारण चिसो अत्यधिक बढेको छ । स्थानीयहरु घर बाहिर निस्कन, आउजाउ गर्न सकेका छैनन् । घरभित्रै स्थानीयहरु बस्न बाध्य भएको उहाँले बताउनुभयो । हिमपातले वस्ती, डाँडाँकाँडा सेताम्मे बनेका छन् ।

    विहानैदेखि मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टंकी, मनाङगाउँ, भ्राका, मुङ्जे, घ्यारु, ङावल, हुम्डे, पिसाङ र नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामेबजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाँचे, ताचें, ओडारगाउँ, घेराङगाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापानी र तालगाउँमा हिमपात जारी रहेको छ । सदरमुकाममा तापक्रम माइनस ७ डिग्री सेन्टीग्रेड रहेको मनाङ प्रशासनले जनाएको छ ।
    हिमपात निरन्तर भएको र चिसो बढेकाले चिसोबाट बच्च र सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । यसअघिको हिमपातले अवरुद्ध भएको सडक फागुन ५ गतेबाट मात्र खुलेको थियो । सडकको हिउँ पन्छाएर खुलाए पनि पुनः हिउँ थुप्रिएको छ । लमजुङको पनि उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । माथिल्लो भेगहरु घनपोखरा, सिउरुङ, खाँचे, पिसिहललगायतको ठाउँमा धेरै हिमपात भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार