• शनिबार, १ कात्तिक २०८३
  • images

    आजको मौसमः हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

    आजको मौसमः हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

    हेल्दीखबर
    मंगलबार, पुस ६ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस ६ २०७८
    आजको मौसमः हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातको सम्भावना


    काठमाडौ ।  न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार  मंगलबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
    राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार