काठमाडौं । नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ। मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
विभागले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। बर्डफ्लु संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसको समेत मृत्यु भएको थियो। बर्डफ्लुबाट मृत्यु भएका व्यक्ति काभ्रेका २१ वर्षका युवक थिए। तर उनको परिचय गोप्य राखिएको थियो।
यसै क्रमममा प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो। एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। 