• सोमबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको माग

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको माग

    हेल्दीखबर
    सोमबार, माघ ३ २०७८
    हेल्दीखबर
    सोमबार, माघ ३ २०७८
    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको माग


    काठमाडौ । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन माग गरिएको छ । यस्तै महामारीमा खटिने स्वास्थ्यकर्मीहरुको लागि निःशुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन माग गरिएको छ । 
    राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेको छ।

    संघका अध्यक्ष रामबहादुर चन्दले आज विज्ञप्ति निकालेर कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गर्नुभयो । सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निःशुल्क पिसीआर व्यवस्था गरियोस्।’

    images

    उनीहरूले खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रण गरिनुपर्ने पनि माग राखेका छन्। त्यसका लागि स्वयमसेवक तथा सुरक्षाकर्मी परिचालन हुनुपर्ने उनीहरूको माग छ । 

    ‘खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेलाई तुरुन्तै कारबाहीसंगै क्षतिपूर्तिको व्यवस्था होस्,’ संघले भनेको छ, ‘करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्छ।’11111.png 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार