• सोमबार, २५ साउन २०८३
  • images

    दुई जना स्वास्थ्यकर्मी पक्राउ, तत्काल रिहाई गर्न माग 

    दुई जना स्वास्थ्यकर्मी पक्राउ, तत्काल रिहाई गर्न माग 

    हेल्दीखबर
    सोमबार, असोज ४ २०७८
    हेल्दीखबर
    सोमबार, असोज ४ २०७८
    दुई जना स्वास्थ्यकर्मी पक्राउ, तत्काल रिहाई गर्न माग 

     

    काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द र सह कोषाध्यक्ष अञ्जु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना नेतालाई विनाकारण नियन्त्रणमा लिएको भन्दै स्वास्थ्यकर्मी संघले उनीहरुको रिहाइको माग गरेको छ ।  यस्तै प्रहरीले नेकपा समाजवादी पार्टी निकट निजामती कर्मचारी संगठन केन्द्रिय सम्मेलन आयोजक कमिटिका संयोजक केदार देवकोटा र सह संयोजक लेखनाथ कोइराला एस समूहका मोहन घिमिरेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरु सोमबार दिउसो एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा स्वास्थ्यको विषयमा छलफल गर्न गएका थिए । सोही बेला नेकपा समाजवादी समर्थक कर्मचारी समूहले हो हल्ला गर्दै विवाद गर्न कार्यालयमा आएको थियो । त्यसपछि प्रहरीले निजामती कर्मचारी संगठनका पदाधिकारीसंगै रहेका स्वास्थ्यकर्मी संघका प्रतिनिधिहरुलाई नियन्त्रणमा लिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार