• बुधबार, ४ कात्तिक २०८३
  • images

    डुंगामा आगलागी हुँदा ३७ जनाको मृत्यु, १०० घाइतेको उपचार हुँदै

    डुंगामा आगलागी हुँदा ३७ जनाको मृत्यु, १०० घाइतेको उपचार हुँदै

    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    डुंगामा आगलागी हुँदा ३७ जनाको मृत्यु, १०० घाइतेको उपचार हुँदै

    बंगलादेशमा एउटा डुंगामा आगो लाग्दा ३७ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त डुंगामा ५०० जना यात्रु थिए । तीन तले सो डुंगा नदीको  बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३७ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ । ’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।
    फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार