• आइतबार, १ कात्तिक २०८३
  • images

    नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

    नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

    भैरहवा । तीन दिनदेखि सीमा नाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् ।
    विगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड–१९ को कारण २०७६ चैत १० गतेदेखि नेपाल–भारत सीमा बन्द रहेको थियो । बीचमा सरकारले नाका सुचारु हुने सङ्केत गरे पनि कोभिड दोस्रो चरण देखिएपछि सुचारु हुनसकेको थिएन ।
    इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको बताउनुभयो । “अहिले दैनिक करिव चारसय जना नेपाल प्रवेश गरिरहेका छन्, हामीले उनीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं”–उहाँले भन्नुभयो ।
    सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शङ्कास्पद देखिए एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । एन्टिजेन परीक्षणमा पोजेटिभ आए पिसिआर परीक्षण गरिने र पिसिआरको नतिजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
    त्यस्तै, भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति (सिसिएमसी) द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार