• बिहीबार , ५ कात्तिक २०८३
  • images

    कोरोना घटेको भन्दै वीर अस्पतालमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित

    कोरोना घटेको भन्दै वीर अस्पतालमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित

    हेल्दीखबर
    सोमबार, असोज ११ २०७८
    हेल्दीखबर
    सोमबार, असोज ११ २०७८
    कोरोना घटेको भन्दै वीर अस्पतालमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित

    काठमाडौं ।   कोभिड - १९ युनिफाइड केन्द्रीय अस्पतालमा वीरमा स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित भएको छ । संक्रमितको चाप घटेकाले हाललाई छनौट प्रक्रिया स्थगित गरिएको अस्पतालका निमित्त प्रशासकीय अधिकारी प्राडा.भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    ‘अहिले संक्रमित घटेका छन्, चाप बढेपछि फेरि हामी प्रक्रिया सुरु गर्छाै, उहाँले भन्नुभयो प्रक्रिया केही समय पछि सारिएकाे मात्रै हाे , अहिले फारम भरेकाहरुबाट नै पछि छान्ने हो । ’
    उहाँका अनुसार संक्रमितको चाप नभएकाले अहिले स्टाफ नर्सको आवश्यक नपरेको हो । वीरले कोरोना संक्रमितको उपचार तथा हेरचाहका लागि बढीमा ६ महिनाका लागि पाचौं तहका ५० जना नर्स माग गरेको थियो ।  यसका लागि भदौ २१ गते विज्ञापन प्रकाशित गरिएको थियो । 
    ५० जनाका लागि ३ हजार नर्सको आवेदन परेको छ । c0f56fb9f0a5fccc2f9222cc29468cb2.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार