काठमाडौं । चीनबाट थप ४४ लाख डोज खोप आउने भएको छ । सरकारले खरिद गरेको ६० लाख डोज भेरोसेल खोप मध्येबाट बाँकी ४४ लाख खोप आउन लागेको हो। स्वास्थ्य सचीव डा. रोशन पोखरेलले ४४ लाख मात्रा खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
खोप लिनका लागि नेपाल एयरलायन्सको वाइडबडी विमान बेइजिङ गइसकेको छ । ६० लाख डोजमध्ये १६ लाख यसअघि नै आइसकेको छ ।