• शुक्रबार, ३० असोज २०८३
  • images

    नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा भोलिदेखि तीन दिनसम्म हुने

    नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा भोलिदेखि तीन दिनसम्म हुने

    आइतबार, भदौ २० २०७८
    आइतबार, भदौ २० २०७८
    नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा भोलिदेखि तीन दिनसम्म हुने


    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१, २२ र २३ गते लिने भएको छ।
    यसअघि २ दिनमात्र परीक्षा सञ्चालन गर्ने तय गरेको परिषद्ले परीक्षार्थीको संख्या धेरै भएपछि ३ दिन परीक्षा लिने निर्णय गरेको हो।

    परिषद्ले पहिलो पटक लिन लागेको लाइसेन्स परीक्षामा करिब ३१ विषयमा २ हजार २० जना विद्यार्थी सहभागी हुँदैछन्। 

    images

    परिषद्का रजिष्ट्रार पुष्पराज खनालले प्रवेश परीक्षा दिने व्यक्तिहरु धेरै भएकाले परीक्षा तीनदिन सञ्चालन गर्न लागिएको जानकारी दिए।

    परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड–१९ संक्रमणका कारण स्थगित भएको थियो। परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार