• आइतबार, १४ भदौ २०८३
  • images

    हास्य कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

    हास्य कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

    शल्यक्रिया सफल, स्वास्थ्यमा सुधार

    आइतबार, असार २८ २०८३
    आइतबार, असार २८ २०८३
    हास्य कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

    काठमाडौं, २८ असार । चर्चित हास्य कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर देखिएको छ । 

    उहाँको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उहाँलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

    अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ भने हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। चिकित्सकहरूको निगरानीमा उहाँको उपचार जारी छ।

    शल्यक्रियाका क्रममा मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृति यकिन गर्न नमुना प्रयोगशाला परीक्षण (बायोप्सी)का लागि पठाइएको अस्पतालले जनाएको छ। उक्त ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने विषय बायोप्सीको प्रतिवेदन आएपछि मात्र स्पष्ट हुने चिकित्सकहरूको भनाइ छ।

    दीपाश्री निरौला नेपाली हास्य तथा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। अभिनयसँगै चलचित्र निर्देशनमा पनि उहाँले उल्लेखनीय सफलता हासिल गर्नुभएको छ। विशेषगरी ुछक्का पञ्जा शृङ्खलाका चलचित्रमार्फत उहाँ नेपाली चलचित्र उद्योगकी सफल निर्देशकका रूपमा परिचित हुनुहुन्छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार