दुनै, डोल्पा, चैत ७ गते । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ।
शनिबार दुनैस्थित ब्लू सीप होटलको सभाहलमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल र चन्द्रराज बुढा हुनुहुन्छ ।
बैठकले राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई मनोनीत सदस्यका रूपमा समावेश गरेको छ।
कार्यक्रम डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सिजन रावलको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा नेपाली सेनाका सेनानी संग्राम सार्दुल, डा. अजयप्रसाद पाण्डे, दीपकराज भट्ट र सुवास राना लगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रमुख अतिथि कर्माचार्यले ध्रुवतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला विकको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गर्नुभएको थियो।
कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि कर्माचार्यले समाजसेवाको अभियानमा जोडिएका सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रक्तदान अभियानलाई देशव्यापी रूपमा सुदृढ बनाउन आग्रह गर्नुभयो।