काठमाडौँ, १९ मंसिर । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्यलाई सरकारले अभिनन्दन गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदले १७२ औं पटक रक्तदान गरिसक्नु भएका कर्माचार्यलाई आज अभिनन्द गरेको हो ।
३७ औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कर्माचार्यलाई अभिनन्दन गर्नुभयो ।
बस्नेतले रक्तदानमा निरन्तर लागिपर्नुभएका कर्माचार्यलाई सम्मान गरेर युवाहरुलाई समेत उत्प्रेरणा दिएको बताउनुभयो ।
३७ औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा परिषद्ले रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदानमा एकसय जनाले रक्तदान गरेका छन् ।
