• बिहीबार , २९ असोज २०८३
  • images
    images

    चितवनमा रगतको चरम अभाव

    चितवनमा रगतको चरम अभाव

    रेडक्रसद्वारा रक्तदान गर्न आह्वान 

    बिहीबार , चैत ५ २०८२
    बिहीबार , चैत ५ २०८२
    चितवनमा रगतको चरम अभाव

    चितवन, ५ चैत । जिल्लामा रगतको चरम अभाव भएको छ । 

    रगत अभाव भएसँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान गर्नका लागि आह्वान गरेको छ ।

    images

    शाखाले विभिन्न सस्थालाइ रक्तदान  कार्यक्रम गरिदिन अपिल गरेको छ।

    शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ।

     निर्वाचन पछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ। अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ।

    रक्तदानका कार्यक्रमहरू न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ति हुन नसकेको हो।

     शाखाले यहाँ सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरूमा रहेका इकाईहरूमा बिरामीका आफन्तहरू आएर रक्तदान गर्ने गरेका छन्। बाहिरबाट आएका बिरामीहरूको उपचार रगतका कारण रोकिन थालेको छ।

    केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताहरूको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिँदै आइएको छ।

    यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पुर्‍याउन कठिन भएको उनले बताउनुभयो। क्यान्सरका बिरामीहरूलाई धेरै रगतको आवश्यक पर्दछ।

    यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ। रक्तदानका कार्यक्रमहरू नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार