• बुधबार, ४ कात्तिक २०८३
  • images

    डाक्टर मनोजकुमार गुप्तालाई कारबाही गर्ने मेडिकल काउन्सिलको निर्णय 

    डाक्टर मनोजकुमार गुप्तालाई कारबाही गर्ने मेडिकल काउन्सिलको निर्णय 

    सोमबार, चैत २ २०८२
    सोमबार, चैत २ २०८२
    डाक्टर मनोजकुमार गुप्तालाई कारबाही गर्ने मेडिकल काउन्सिलको निर्णय 

    काठमाडौं,२ चैत । नेपाल मेडिकल काउन्सिलले चिकित्सक डा. मनोजकुमार गुप्तामाथि कारबाही गरेको छ। 

    काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले गुप्तालाई  ६ महिनाका लागि प्रोबेशनमा राख्ने निर्णय गरेको हो।

    images

     
    शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले उक्त गुप्तालाई कारबाही गर्ने निर्णय गरेको हो ।
    काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवका अनुसार डा. गुप्ताले अब अन्य चिकित्सकको निगरानीमा रहेर काम गर्नुपर्नेछ ।

    बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुग्नुभएको थियो ।
     अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न निर्देशन दिएको र सोही दिन शल्यक्रिया गरी पित्तथैली निकालिएको र परीक्षणका लागि पठाइएको बताउनुभएको थियो ।

     तर उक्त रिपोर्ट उपलब्ध गरिएको थिएन।

    शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले अन्य अस्पतालमा लगेको थियो। त्यहाँ गरिएको परीक्षणमा पित्तथैलीको उचित जाँच नगरी शल्यक्रिया गरिएको र भित्री अंगमा क्यान्सर फैलिएको चिकित्सकहरूले बताएका थिए। उपचारकै क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भएको थियो।

    डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारले २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो।

     सोही उजुरीमाथि अनुसन्धान गर्दै काउन्सिलले बयान र विषयविज्ञको रायका आधारमा कारबाही गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार