• आइतबार, १४ भदौ २०८३
  • images

     स्वास्थ्य बिमा बोर्डद्धारा २७२ अस्पताललाई १ अर्ब ४३ करोड रुपैँया सोधभर्ना

     स्वास्थ्य बिमा बोर्डद्धारा २७२ अस्पताललाई १ अर्ब ४३ करोड रुपैँया सोधभर्ना

    मंगलबार, फागुन २६ २०८२
    मंगलबार, फागुन २६ २०८२
     स्वास्थ्य बिमा बोर्डद्धारा २७२ अस्पताललाई १ अर्ब ४३ करोड रुपैँया सोधभर्ना

    काठमाडौँ, २६ फागुन । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई स्वास्थ्य बीमाको एक अर्व र विपन्नको ४० करोड रकम सोधभर्ना गरेको छ ।

    बोर्डले गत १७ फागुनमा स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत २७२ वटा स्वास्थ्य संस्था (अस्पताल) लाई १ अर्व ३ करोड ५७ लाख ४०९ रुपैयाँ सोधभर्ना गरेको हो । 
    यस्तै विपन्न नागरिक औषधी उपचार अन्तर्गत डायलासिस सेवा, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर रोग आदिको गत साउन देखि असोज मसान्तसम्मको सोधभर्ना रकम ४० करोड १९ लाख ७० हजार ४२९ रुपैयाँ वितरण गरिएको छ ।
    स्वास्थ्य बीमा र विपन्न नागरिक औषधि उपचार समेत गरेर बोर्डले कुल १ अर्ब ४३ करोड ७६ लाख ७० हजार ८६१ रुपैँया सोधभर्ना गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार