• आइतबार, २ कात्तिक २०८३
  • images

    आजको मौसमः  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भावना

    आजको मौसमः  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भावना

    शनिबार, फागुन १६ २०८२
    शनिबार, फागुन १६ २०८२
    आजको मौसमः  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भावना

    काठमाडौँ, १६ फागुन  । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । 

    देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

    तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार