• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा दिवस निर्वाचन पछि मात्र मनाइने

    स्वास्थ्य सेवा दिवस निर्वाचन पछि मात्र मनाइने

    उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार निर्वाचन पछि वितरण गर्ने

    शुक्रबार, फागुन १५ २०८२
    शुक्रबार, फागुन १५ २०८२
    स्वास्थ्य सेवा दिवस निर्वाचन पछि मात्र मनाइने

    काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षेनी मनाउने स्वास्थ्य सेवा दिवस यो वर्ष औपचारिक रुपमा मनाएन । 

    निर्वचन आचारसंहिताको कारणले यो वर्ष स्वास्थ्य सेवा दिवस नमनाएको हो । 

    दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार निर्वाचन पछि मात्रै वितरण गर्ने स्वास्थ्य मन्त्रालयको योजना बनाएको छ । 

    मन्त्रालयले सर्वोत्कृष्ट र उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गर्ने गर्दथ्यो । 

    निर्वाचन आचार संहिता लागू भएकोले हाललाई उक्त पुरस्कार वितरण नगरिएको हो । 

    आगामी साता अर्थात २१ फागुनका दिन देशभर प्रतिनिधि सभाका निर्वाचन हुँदैछ । 

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचन सम्पन्न भएपछि रोकिएको २९ औँ स्वास्थ्य सेवा दिवस औपचारिक रुपमा मनाउने जानकारी गराउनुभयो ।

    उहाँले दिवसको अवसरमा प्रदान गरिने एक लाख राशीको सर्वोत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारद्धारा एक जना स्वास्थ्यकर्मी र ५० हजार राशीको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट चार जनालाई पुरस्कृत गरिने बताउनुभयो ।

    ‘निर्वाचन आचार संहिता सकिएपछि स्वास्थ्य सेवा दिवस औपचारिक रुपमा कार्यक्रम गरेर मनाईन्छ । त्यस अघि नै बार्षिक रुपमा सर्बोत्कृष्ट तथा उत्कृष्ठ स्वास्थ्यकर्मी छनौट गर्न समिति गठन हुनेछ । त्यसले गर्ने सिफारिसको आधारमा स्वास्थ्यकर्मीहरु पुरस्कृत गर्नेछौँ,’ प्रवक्ता बुढाथोकीले भन्नुभयो । 

    विसं २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन प्रमाणिकरण भएको दिन हो । सोही दिनलाई हरेक वर्ष स्वास्थ्य सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।

    सर्बोत्कृष्ठ तथा उत्कृष्ठ पुरस्कारका लागि स्वास्थ्यकर्मी छनौट गर्न सरकारले मुख्यसचिवको अध्यक्षतामा छनौट समिति गठन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार