काठमाडौँ, १३ फागुन । सेती प्रादेशिक अस्पतालले स्टाफ नर्स र अनमीको लिखित परीक्षा आउँदो चैत ७ गते गर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै स्टाफ नर्स र अनमीको लागि लिखित परीक्षा चैत ७ गते गर्ने भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले सूचना जारी गर्दै स्टाफ नर्सको लिखित परीक्षा चैत ७ गते बिहान ९ बजे ऐश्वर्य विद्या निकेतनमा गर्ने जानकारी दिइएको छ । यस्तै अनमीको लिखित परीक्षा चैत ७ गते दिउँसो ३ बजे गर्ने सूचनामा उल्लेख छ ।
हेरौँ सूचनाः