• बिहीबार , २९ असोज २०८३
  • images
    images

    डाक्टर अबुल हुसैन अन्सारी एमाले पार्टीमा प्रवेश, सुनसरी– ४ बाट चुनाव लड्दै

    डाक्टर अबुल हुसैन अन्सारी एमाले पार्टीमा प्रवेश, सुनसरी– ४ बाट चुनाव लड्दै

    सोमबार, माघ ५ २०८२
    सोमबार, माघ ५ २०८२
    डाक्टर  अबुल हुसैन अन्सारी एमाले पार्टीमा प्रवेश, सुनसरी– ४ बाट चुनाव लड्दै

    काठमाडौँ, ५ माघ । डा. अबुल हुसैन  अन्सारी नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

    नेकपा(एमाले)मा प्रवेश गरेसंगै उहाँलाई एमालेले प्रतिनिधीसभामा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारको टिकट दिएको छ । 
    उहाँले सामाजिक सञ्जाल मार्फत एमालेमा प्रवेश गरेको र फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा नेकपा (एमाले)बाट सुनसरी ४ बाट चुनाव लड्ने जानकारी गराउनुभएको छ । 
    पछिल्लो पटक कांग्रेसभित्रको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ,डा.अन्सारीले भन्नुभयो,“ कांग्रेस लोकतन्त्रको मर्म र बिपीको शिद्धान्त भुल्दै गएको भान मलाई भएको छ । त्यसैले आज म ठूलो दुःखका साथ भारी मन पारेर नेपाली कांग्रेस त्यागेको घोषणा गर्दछु। ”

    images

    उहाँले लेख्नुभएको छ,“यस पटकको निर्वाचनमा म नेकपा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर  ४ चुनाव लड्ने घोषणासमेत गर्दछु। नेकपा एमालेले मलाई सम्मान गर्दै पार्टी प्रवेश गराएर विश्वासका साथ सुनसरी ४ का लागि योग्य ठानेको छ। त्यसैले म एमालेको म प्रतिको भरोसा र जनताको मप्रतिको आसा कहिले मर्न दिने छैन। सधैँ एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न तल्लिन रहने छु।

    हेरौँ उहाँले व्यक्त गर्नुभएको धारणाः

    मैले जीवनको ऊर्जाशिल समय नेपाली कांग्रेसमा खर्चिएको छु। राजनीतिका थुप्रै उकाली(ओराली, आरोह(अवरोह कांग्रेसमै रहेर पार गरेको छु। तर, पछिल्लो पटक कांग्रेसभित्रको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ। कांग्रेस लोकतन्त्रको मर्म र बिपीको शिद्धान्त भुल्दै गएको भान मलाई भएको छ। त्यसैले आज म ठूलो दुस्खका साथ भारी मन पारेर नेपाली कांग्रेस त्यागेको घोषणा गर्दछु। हामीले सुनसरीमा सधैँ आगन्तुकहरूलाई नेता मान्यौं। पार्टीमा हाम्रो योगदानको कहिले उचित मूल्यांकन भएन। त्यो कुराले मेरो मन सधैँ विझाइरहन्छ। त्यसैले यस पटकको निर्वाचनमा म नेकपा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर( ४ चुनाव लड्ने घोषणासमेत गर्दछु। नेकपा एमालेले मलाई सम्मान गर्दै पार्टी प्रवेश गराएर विश्वासका साथ सुनसरी(४ का लागि योग्य ठानेको छ। त्यसैले म एमालेको मप्रतिको भरोसा र जनताको मप्रतिको आसा कहिले मर्न दिने छैन। सधैँ एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न तल्लिन रहने छु।

    उनी तपाईंहरूको 
    अबुल हुसैन अनसारी
    अन्तिम पटक जयनेपाल
    लाल सलाम१✊✊✊

    प्रतिक्रिया दिनुहोस
    थप समाचार