काठमाडौँ, १३ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणनामा उपाध्यक्ष पदका प्रत्यासी डा. गुरुशरण साह ६३८ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ ।
यस्तै उपाध्यक्ष पदका अर्का प्रत्यासी डा कुञ्जाङ शेर्पाले ३७६ मत प्राप्त गर्नुभएको छ ।
मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिष्ट्रार डा सतिशकुमार देवले हालसम्म एकहजार २०० मत गणनाको परिणाम सार्वजनिक भएको जानकारी दिनुभयो।
यस्तै आठ जना सदस्य पदमा सबैभन्दा बढी डा सारिका गोइतले प्राप्त गर्नुभयो । उहाँले ६१६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने दोस्रोमा डा योविनकुमार यादव ५५१ मत प्राप्त गर्नुभयो ।
यसैगरी तेस्रोमा डा छविलाल पन्थीले ४८७ मत प्राप्त गर्न सफल हुनुभएको छ । चौथोमा डा सरोजकुमार साहले ३८७ मत प्राप्त गर्नुभयो। यस्तै डा. दीपेन्द्र पाण्डेले ३८२ मत प्राप्त गर्नुभएको छ भने ३६२ मतका साथ डा उज्वल ठाकुर छैटौँमा हुनुहुन्छ ।
यसैगरी ३३३ मतका साथ डा. सम्राट पराजुली सातौँमा र ३३१ मतका साथ डा. रविन बस्नेत आठौँ स्थानमा हुनुहुन्छ ।
यस्तै ३२२ मतका साथ डा. घनश्याम पाण्डे नवौँ स्थानमा, ३०८ मतका साथ डा. अस्मिता पोखरेल दशौँ स्थानमा, २९४ मतका साथ डा. सरोजकुमार गोहियार एघारौँ स्थानमा र डा कुम्भराज जोशीको २७३ मत आएको छ ।
हेरौँ कस्को मत कति आयो ?
उपाध्यक्षका उम्मेद्धार :
डा. गुरुशरण साह ६३८
डा कुञ्जाङ शेर्पाले ३७६
डा अजयसिंह थापा – १२४
सदस्य पदका उम्मेद्धारहरु :
डा. सारिका गोइत: ४२७ मत
डा. योविन कुमार यादव: ३७३ मत
डा. छबी लाल पन्थी: ३०२ मत
डा. सरोज कुमार साह: २७० मत
डा. उज्वल ठाकुर: २३० मत
डा. दिपेन्द्र पाण्डे: २२८ मत
डा. सम्राट पराजुली: २२५ मत
डा. सरोज कुमार गोहीवार: २२१ मत
डा. अस्मिता पोखरेल: २०८ मत
डा. रबिन बस्नेत: २०९ मत
डा. घनश्याम पाण्डे: १८६ मत
डा. प्राची भगत: १८४ मत
डा. कुम्भराज जोशी: १७१ मत
डा. ध्रुव नारायण साह: १५८ मत