• बुधबार, ४ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकलाई न्युट्रास्युटिकल्स नलेख्न निर्देशन

    राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकलाई न्युट्रास्युटिकल्स नलेख्न निर्देशन

    सोमबार, पुस ७ २०८२
    सोमबार, पुस ७ २०८२
    राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकलाई न्युट्रास्युटिकल्स नलेख्न निर्देशन

    काठमाडौं, ७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना चिकित्सकलाई न्युट्रास्युटिकल्स नलेख्न निर्देशन दिएको छ।

    प्रतिष्ठानले सर्कुलर जारी गर्दै आफ्ना चिकित्सकहरुलाई बिरामीहरुलाई औषधि लेख्दा न्युट्रास्युटिकल्स नलेख्न निर्देशन दिएको हो। चिकित्सकले औषधि लेखेपछि बिरामीलाई अस्पताल फार्मेसीमा मात्र पठाउन पनि प्रतिष्ठानले निर्देशन दिएको छ।

    images


    अस्पताल फार्मेसीमा औषधि उपलब्ध नभए स्वेच्छाले अन्यत्र औषधि खरिद गर्ने बिरामीको अधिकार सुनिश्चित गरिदिन पनि प्रतिष्ठानले भनेको छ।

    यस्तै, ड्युटी सुरु हुनुपूर्व र सकिएपछि अनिवार्य रुपमा हाजिरी गर्न, सम्बन्धित विभागीय प्रमुखहरुसँगको स्वीकृतिपछि मात्र बिदामा बस्न र प्रत्येक शाखा प्रमुखले साताको पहिलो दिन हुने बैठकमा एक हप्ताको प्रगति र आगामी हप्ताको कार्य योजना प्रस्तुत गर्न पनि प्रतिष्ठानले निर्देशन दिएको छ।  
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार