• सोमबार, २ कात्तिक २०८३
  • images

    न्युट्रास्युटिकल्स औषधि होइन, फार्मेसीबाट बिक्रीवितरण नगर्न फर्मास्यूटिकल एशोसिएसनको आग्रह 

    न्युट्रास्युटिकल्स औषधि होइन, फार्मेसीबाट बिक्रीवितरण नगर्न फर्मास्यूटिकल एशोसिएसनको आग्रह 

    एशोसिएसनका सचिव अनिश श्रेष्ठले नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको भन्दै उक्त सामग्री फार्मेसी बाट बिक्रीवितरण गर्न नपाइने बताए ।

    आइतबार, जेठ २७ २०८१
    आइतबार, जेठ २७ २०८१
    न्युट्रास्युटिकल्स औषधि होइन, फार्मेसीबाट बिक्रीवितरण नगर्न फर्मास्यूटिकल एशोसिएसनको आग्रह 

    काठमाडौं, २७ काठमाडौ । नेपाल फर्मास्यूटिकल्स एशोसिएसनले न्युट्रास्युटिकल्स (खाद्य पुरक सामग्री) फार्मेसीबाट नबेच्न आग्रह  गरेको छ। 

    न्युट्रास्युटिकल्स औषधि नरहेको बताउँदै नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन आग्रह गरेको हो । 

    images

    एशोसिएसनका सचिव अनिश श्रेष्ठले नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको भन्दै उक्त सामग्री फार्मेसी बाट बिक्रीवितरण गर्न नपाइने बताए ।
     एशोसिएसनले  उक्त किसिमको उत्पादन पोषण, न्युट्रीशन र फर्मास्युटिकलबाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यस बारे संघले विज्ञप्ति जारी गरेको छ । 
    स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास  हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छ,' विज्ञप्तिमा भनिएको छ। 

    अध्यक्ष ललित मोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेलले विज्ञप्ति जारी गर्दै निम्न ९ कारणहरु अघि सारेका छन् :

    १,  औषधिजस्तो क्लिनिकल परिक्षण नगरीने हुनाले न्युट्रास्युटिकलहरु को बायोअभाइबिलिटी (अर्थात सेवन पछि शरीरमा कुन ठाउँमा र कति मात्रामा पुग्ने) को केहि ज्ञान नहुने र सोको दिर्घ प्रयोग असर हरुको बारेमा थाहा नहुने भएकाले,
    २,   औषधिऐनको नियमन नहुने हुनालेसुरक्षित, असर्युक्त र गुणस्तरीयता प्रमाणित गर्न नपर्ने,
    ३,  उत्पादक पिच्छे मनलाग्दी सम्मिश्रण राख्ने हुनाले न्युट्रास्युटिकलहरुमा दाबी अनुसारको बैज्ञानिक आधार नहुने भएकाले,
    ४,   औषधिको हकमा बैज्ञानिक आयोगहरुले तयार गरेको परिक्षण विधिको ग्रन्थ अनुसार परिक्षण गर्न सकिने तर न्युट्रास्युटिकलहरुको बैज्ञानिक रूपले विश्वसनीय परिक्षण बिधि नभएकाले,
    ५,    औषधिमा निकैकम मात्रामा रहेका अशुद्ध रसायन देखिदा समेत विश्वव्यापी फिर्ता गर्ने सम्म व्यवस्था रहेको तर न्युट्रास्युटिकलहरुमासो व्यवस्था नरहने,
    ६,    औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने (असरहीन वा विषाक्त) हुने बिश्वब्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार बिधि थाहा भएको तर न्युट्रास्युटिकलहरुले औषधि संगै प्रयोगमाकसरीअसर गर्छ केहि बैज्ञानिक तथ्यांक नभएको,
    ७,  औषधि व्यवस्था विभागमाऔषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुनाबढी मूल्य भएर बजारमा बिक्रि वितरणमा छन्,
    ८,   औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र बिज्ञापन गर्न स्वीकृति लिन प्राबधान हुदा न्युट्रास्युटिकलहरुको मनगडन्ते बिज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ,
    ९  औषधि जस्तो न्युट्रास्युटिकलहरु बृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध छैन।

    हेरौं विज्ञप्ति:

    औषधिको सुरक्षित, असर्युक्त र गुणस्तरीयता अपरिहार्य रहेकाले यसको अनुसन्धान, उत्पादन, बजारीकरण, प्रयोग, प्रतिअसर आदिको अध्ययन अनुसन्धान र नियमनहरु संसार भारिनै सबैभन्दा कडाइका साथ गरिन्छ र हुनुपर्छ । यस किसिमको कडा नियमन हुदाहुदै पनि व्यवसाइक गैरजिम्मेवारिका कारण जनस्वास्थ्यका अप्रिय घटनाहरु भएका छन् । हाल नेपालको बजारमा पनि औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण हुन थालेको छ । सो किसिमको उत्पादन पोषण (nutrition)  न्युट्रीशन र (pharmaceutical) फर्मास्युटिकल बाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ । स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास (evidence based practice) हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छ । 

    • औषधि जस्तो क्लिनिकल परिक्षण नगरीने हुनाले न्युट्रास्युटिकलहरु को बायोअभईलेबिलिटी (अर्थात सेवन पछि शरीरमा कुन ठाउँमा र कति मात्रामा पुग्ने) को केहि ज्ञान नहुने र सोको दिर्घ प्रयोग असर (long term exposure) हरुको बारेमा थाहा नहुने भएकाले,
    • औषधि ऐनको नियमन नहुने हुनाले सुरक्षित, असर्युक्त र गुणस्तरीयता प्रमाणित गर्न नपर्ने; 
    • उत्पादक पिच्छे मनलागी सम्मिश्रण राख्ने हुनाले न्युट्रास्युटिकलहरुमा दाबी अनुसारको बैज्ञानिक आधार नहुने भएकाले,
    • औषधिको हकमा बैज्ञानिक आयोग (pharmacopoeia commission) हरुले तयार गरेको परिक्षण विधिको ग्रन्थ अनुसार परिक्षण गर्न सकिने तर न्युट्रास्युटिकलहरुको बैज्ञानिक रूपले विश्वसनीय परिक्षण बिधि नभएकाले,
    • औषधिमा निकैकम मात्रामा रहेका (Nano gram level impurity) असुद्ध रसायन देखिदा समेत विश्वव्यापी फिर्ता (recall) गर्ने सम्म व्यवस्था रहेको तर न्युट्रास्युटिकलहरुमासो व्यवस्था नरहने,
    • औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने (असरहीन वा विषाक्त) हुने बिश्वब्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार बिधि थाहा भएको तर न्युट्रास्युटिकलहरुले औषधि संगै प्रयोगमा कसरी असर गर्छ केहि बैज्ञानिक तथ्यांक नभएको,   
    • औषधि व्यवस्था विभागमा औषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुना बढी मूल्य भएर बजारमा बिक्रि वितरणमा छन्, 
    • औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र बिज्ञापन गर्न स्वीकृति लिन प्राबधान हुदा न्युट्रास्युटिकलहरुको मनगडन्ते बिज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ,
    • औषधि जस्तो न्युट्रास्युटिकलहरु बृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध छैन।

    विश्व बैंकको सन् २०२१ को आकडा अनुसार नेपालमा अझै पनि ५१.२६ % रकम व्यक्तिले आफ्नो गोजीबाट खर्च (Out of  pocket expenditure) गरी औषधि तथा स्वास्थ्य सेवा पाउनुपर्ने बाद्यता रहेको अवस्थामा यस्ता बस्तुहरुको प्रयोगले बिरामीलाई थप आर्थिक भार पर्ने निश्चित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पटकपटकको निर्देशन तथा औषधिको नियामक निकाय औषधि व्यवस्था बिभागले समय समयमा सुचना प्रकाशित गरेर बिरामीको उपचारमा त्यस्ता बस्तु प्रयोग नगर्न, बिरामीलाई भ्रममा पारेर बिक्रीवितरण नगर्न सार्बजनिक सुचना जारी गर्दै आईरहेको तथा निरिक्षण गर्दा बर्खिलाप पाईएमा कारबाही समेत गरिरहेको छ । 
    अतह न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउदै नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन समेत जोडदार आह्वान गर्दछौँ ।

     

     

             

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार