• सोमबार, १५ भदौ २०८३
  • images
    चिकित्सक संघको निर्वाचन 

    यी हुन् डा. बद्री रिजालको समूहबाट उम्मेद्धारी दिने चिकित्सकहरु

    यी हुन् डा. बद्री रिजालको समूहबाट उम्मेद्धारी दिने चिकित्सकहरु

    वरिष्ठ उपाध्यक्षमा तिवारी,महासचिवमा दवाडी र बागमती उपाध्यक्षमा  भट्टराई 

    बुधबार, पुस २ २०८२
    बुधबार, पुस २ २०८२
    यी हुन् डा. बद्री रिजालको समूहबाट उम्मेद्धारी दिने चिकित्सकहरु

    काठमाडौँ, २ पुस । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको  समूहले पनि उम्मेदवारी दर्ता गराएको छ ।


    रिजाल नेतृत्वको समूहले निर्वाचन समिति समक्ष आफ्नो उम्मेद्धारी दर्ता गराएको हो ।


    त्यसरी डा रिजाल समूहबाट उम्मेद्धार दर्ता गर्नेहरुमा अध्यक्ष पदमा डा बद्री रिजाल हुनुहुन्छ । 
    यस्तै बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी,  उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमतीबाट डा सुबास भट्टराई, लुम्बिनीबाट डा दिनेश चौधरी, गण्डकीबाट डा नवराज लम्डारी, कर्णालीबाट डा सुशील , सुदूरपश्चिमबाट डा प्रमोद जोशी हुनुहुन्छ । 

    यस्तै सो समूहबाट महासचिव पदमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिह मल्लले उम्मेद्धारी दिनुभएको छ ।

    यस्तै सदस्यहरुमा डा प्रभुराम घिमिरे, डा राकेश साह, डा बिना श्रेष्ठ, डा हिमलाल भण्डारी, सुवोध मिश्र, र डा सोहित काफ्ले हुनुहुन्छ ।
    चिकित्सक संघको निर्वाचन  काठमाडौ उपत्यका बाहिर २०८२ माघ २ र ३ गते तथा काठमाडौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार