• बिहीबार , २९ असोज २०८३
  • images
    images

    भरतपुर आँखा अस्पताललाई पाकिस्तान सरकारको १० लाख सहयोग 

    भरतपुर आँखा अस्पताललाई पाकिस्तान सरकारको १० लाख सहयोग 

    बुधबार, मंसिर १७ २०८२
    बुधबार, मंसिर १७ २०८२
    भरतपुर आँखा अस्पताललाई पाकिस्तान सरकारको १० लाख सहयोग 

    भरतपुर,१७ मंसिर । भरतपुर आँखा अस्पतालको पूर्वाधार विस्तारका लागि पाकिस्तानले रु १० लाख सहयोग उपलब्ध गराएको छ। 

    मङ्गलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले सो रकमको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

    images

    कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा स्थापना भएको यस अस्पताललाई थप सबल बनाउन निरन्तर साथ दिन पाउँदा पाकिस्तान खुशी रहेको बताउनुभयो। उहाँका अनुसार यो सहयोग दुई देशबीचको मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा दीर्घकालसम्म सम्झना रहनेछ।

    पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको अवलोकन गर्दै त्यहाँका चिकित्सा विद्यार्थीसँगसमेत अन्तर्क्रिया गर्नुभएको थियो। त्यसअघि उहाँले लुम्बिनी पुगेको र त्यहाँ लुम्बिनी विकास बोर्ड तथा लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार