विराटनगर, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
मन्त्री शर्माले दुवै अस्पताललाई सेवाग्राहीलाई उच्च प्राथमिकता दिई कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।
उहाँले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गर्दै अस्पतालका पदाधिकारीहरुसँग समस्या तथा आवश्यकताका बारेमा समेत छलफल गर्नुभयो ।
अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, अस्पताल सुधार तथा निर्माणको प्रगति लगायतका विषयमा छलफल भएको थियो।