काठमाडौं । गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झा (रन्जित) नियुक्त हुनुभएको छ। नियुक्त लगत्तै झाले पदभार ग्रहण गर्नुभएको छ। डा. झाले शुक्रबार पदभार ग्रहण गर्दै अस्पतालको विकासमा लाग्ने बताउनुभयो । उहाँले नभएका स्वास्थ्य सेवा थप गर्ने देखि भइरहेका सेवालाइ सुदृढ तथा विस्तार गर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिहिबार झालाइ अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा पुन:नियुक्त गर्नुभएको थियो।