• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चिकित्सक संघद्धारा डा. शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

    चिकित्सक संघद्धारा डा. शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

    बिहीबार , कात्तिक २० २०८२
    बिहीबार , कात्तिक २० २०८२
    चिकित्सक संघद्धारा डा. शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

    हेटौँडा, २० कात्तिक । नेपाल चिकित्सक संघ मकवानपुर शाखाले हेटौँडास्थित चुरे हिल अस्पतालका अर्थोपेडिक सर्जन डा सुशील शाहमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

    बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका वेला बिरामीका आफन्तले डा शाहमाथि हातपात गरेका थिए। 
    संघले सिसिटिभी फुटेजमा पनि आक्रमणको स्पष्ट प्रमाण रहेको जनाउँदै संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६, (पहिलो संशोधन २०७९) बमोजिम कारबाही प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । 
    संघका अध्यक्ष डा हरिबहादुर खड्का र सचिव डा राजु सेढाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा नेपाल चिकित्सक संघ मकवानपुर शाखा बाध्य भएर आन्दोलनका कठोर कार्यक्रम घोषणा गर्नेछ । उक्त आन्दोलनबाट  सर्वसाधारणमा पर्न जाने असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ।’

    images

    संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस घटनाको घोर भर्त्सना गरेको छ। विज्ञप्तिअनुसार डा शाह आफ्नो नियमित ड्युटीमा रहेर बिरामीको उपचार तथा परामर्शमा संलग्न रहेका वेला बिरामीका आफन्तले अमानवीय व्यवहार देखाउँदै आक्रमण गरेका थिए।

     

    संघले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिँदै स्वास्थ्य सेवा सुरक्षित र मर्यादित वातावरणमा सञ्चालन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार