• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    चिकित्सक संघका महासचिवले अदालतको मानहानी गरेको ठहर

    चिकित्सक संघका महासचिवले अदालतको मानहानी गरेको ठहर

    बुधबार, कात्तिक १९ २०८२
    बुधबार, कात्तिक १९ २०८२
    चिकित्सक संघका महासचिवले अदालतको मानहानी गरेको ठहर

    काठमाडौं, १९ कार्तिक ।  उच्च अदालत पाटनले नेपाल चिकित्सक संघ (एनएमए) का महासचिव डा. सन्जिव तिवारीले अदालतको मानहानी गरेको ठहर गरेको छ ।
    ।

    डा तिवारी विरुद्ध दायर भएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा दाबी पुग्ने फैसला गरेको छ। 

    उपभोक्ता हित संरक्षण मञ्चका अख्तियारवाला सचिव तथा अधिवक्ता जय प्रसाद पौडेल र अधिवक्ता सुबिन पाण्डेले दायर गरेको उक्त मुद्दामा अदालतले दावी पुष्टि गरेको हो।

    मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योति बानियाँले उच्च अदालतको फैसलाले अदालत र कानुनको मर्यादा कायम राख्ने सन्देश दिएको बताउनुभयो। उहाँले फैसला ठूलो कुरा नभइ यसले सबैलाई कानुनी सिमाभित्र रहनुपर्ने सन्देश दिएको बताउनुभयो ।

     सिमाबिहिन कोही हुँदैन भन्ने चेतना फैलिएको हो उहाँले भन्नुभयो ।


    महासचिव डा. सन्जिव तिवारीले भने आफूले बोलेका सबै कुरा पेशा र संस्थाका पक्षमा भएको बताउदै आउनुभएको छ ।


    उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा डा. तिवारीले उपभोक्ता अदालतको काम–कारबाहीमा प्रभाव पार्ने गरी गलत सन्देश प्रवाह गरेको, प्रेस नोटमार्फत अदालतको निर्णयलाई होच्याउने प्रयास गरेको र कानुनको अपव्याख्या गरेको आरोप लगाइएको छ।

    मञ्चको तर्फबाट पेश गरिएको निवेदनमा भनिएको छ कि डा. तिवारीले उपभोक्ता अदालतको फैसलाको पूर्णपाठ प्रकाशित नहुँदै विरोध जनाउने, प्रेस विज्ञप्ति जारी गर्ने र अदालतको निर्णयप्रति दुर्भावनापूर्ण टिप्पणी गरेकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १७(२) बमोजिम अदालतको अवहेलनामा पर्दछ।

    मञ्चले अदालतसँग डा. तिवारीलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको सजाय दिन माग गरेको छ। साथै, त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेर पनि लामो समयदेखि नियमित सेवा नदिएको भन्दै पुनः नियमित काममा फर्काउने आदेश जारी गर्न माग गरेको थियो।

    मञ्चका तर्फबाट वरिष्डठ अधिवक्ता बानियाँका साथै वरिष्ठ अधिवक्त विष्णु प्रसाद तिमिल्सिना, अधिवक्ता जयप्रसाद पौडेल र आकृति त्रिपाठीले बहश गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार