• सोमबार, २ कात्तिक २०८३
  • images

    लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश

    लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश

    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्न अदालतको अन्तरिम आदेश

     बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुल्सीपुरले अन्तरिम आदेश जारी गरेको छ । २५ साउनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको छ ।उच्च अदालत बुटवल इजलासमा न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी पटक-पटक बोलपत्र संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तार दिने आदेश सुनाएको छ ।

    अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै प्रदेश पूर्वाधार प्राधिकरणको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हाल्नुभएको थियो ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार