अदालतद्वारा विनोदबिन्दु शर्माको रिट खारेज
काठमाडौं, २९ माघ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विश्वबन्धु बगालेलाई पोखरा उच्च अदालतले मान्यता दिएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माको रिट उच्च अदालत पोखराले खारेज गरेको छ ।
गण्डकी प्रदेश सरकारको निर्णय विरुद्ध उच्च शर्मा उच्च अदालत जानुभएको थियो ।
आफूलाई मन्त्रालयबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र सरुवा गरेको भन्दै शर्माले उच्च अदालत पोखरामा रिट दायर गर्नुभएको थियो ।
अदालतले डा. शर्माको रिट खारेज गरिदिएपछि डा. बगालेलाई सचिवका रुपमा काम गर्ने बाटो खुलेको हो ।
गण्डकी प्रदेश सरकारले वैदेशिक अध्ययन सकेर तत्कालीन सचिव डा. विश्वबन्धु बगाले फर्किएपछि पुनः सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बगाले फर्किएपछि संघीय सरकारको पूरानै सरुवालाई टेकेर प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । डा. बगालेलाई सचिवमा नियुक्त गरेसँगै अदालत जानुभएका डा. शर्माको पक्षमा अल्पकालीन आदेश दिएको थियो ।
डा. बगाले विदेश पढ्न गएपछि प्रदेश सरकारले शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि सचिवको जिम्मेवारी दिएको थियो ।
अदाको अल्पकालीन आदेशपछि गण्डकी स्वास्थ्य मन्त्रालयमा दुई सचिवले हाजिरी गर्दै आउनुभएको थियो ।
डा. शर्मालाई तालिम केन्द्रमा गरिएको सरुवा सदर भएको छ ।