• शनिबार, १ कात्तिक २०८३
  • images

    ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा

    ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा

    बुधबार, कात्तिक १९ २०८२
    बुधबार, कात्तिक १९ २०८२
    ईडीसीडीका निर्देशक  डा. चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा

    काठमाडौँ, १९ कात्तिक । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा भएको छ ।

    हाल कोशीको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत हुने जिम्मेवारी दिएर पठाइएको छ ।

    images


    तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत २८ फागुनका दिन मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई ईडीसीडीको निर्देशक पदमा नियुक्त गर्नुभएको थियो ।

    डा. झाको कोशीमा सरुवा भए पनि ईडीसीडीमा निर्देशक बनाएर कसैलाई जिम्मेवारी दिइएको छैन ।

    मन्त्री डा. शर्माले मंगलबार नै मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलिया, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा डा. मदनकुमार उपाध्याय, व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझीलाई पठाउने र मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार