• शुक्रबार, ३० असोज २०८३
  • images

    धानखेतमा १५ दिनको जीवित शिशु फेला

    धानखेतमा १५ दिनको जीवित शिशु फेला

    शनिबार, कात्तिक १ २०८२
    शनिबार, कात्तिक १ २०८२
    धानखेतमा १५ दिनको जीवित शिशु फेला

    बर्दिबास,१ कार्तिक । महोत्तरीको जलेश्वर नगरपालिका ४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५ र १६ दिनको पुरुष शिशु भेटिएको  बताउनुभयो । 

    images

    शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा भेटिएका थिए । स्थानीयवासी घाँस काट्न जाँदा खेतमा शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ । अस्पतालका अनुसार शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित अवस्थामा छन् ।

    शिशु कसले र किन छाडेको भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार