उहाँ आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको थियो ।
काठमाडाैँ, ११ असोज । शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको चर्चित टिकटकर आँचल नाथको निधन भएको छ ।
काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उहाँको शनिबार निधन भएको हो ।
आँचल आफैँ जलेको हो वा अरू कसैले शरीरमा आगो लगाईदिएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।