जेनजी आन्दोलनको कारण उनी रास्वपा सभापति रवि लामिछानेसंगै नख्खु जेलबाट छुटेका थिए ।
काभ्रे, ५ असोज । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन्।
उनी जवरजस्ती करणीमा जेल परेका थिए ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
सो वडाका वडा अध्यक्ष जयराम केसीले सन्तबहादुरले श्रीमतिको हत्या गरेको जानकारी दिनुभयो ।
सन्तराम जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।
हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।