डा.तिवारी र भट्टबीच सम्झौता
काठमाडौँ, २२ भदौ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको सहयोगमा भक्तपुर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी) उपचार सुरु भएको छ ।
आइतबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारी र भक्तपुर अस्पतालका निर्देशक डा सुरेन्द्रप्रसाद भट्टबीच औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु गर्ने सम्झौँता भएको छ ।
उक्त सम्झौता भएसंगै औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी)को उपचार सुरु भएको हो ।
भक्तपुर अस्पताका प्रमुख सुरेन्द्रप्रसाद भट्टले अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार सुरु भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय क्षयरोग केन्द्रले डीआर टीबी उपचार केन्द्र स्थापना गरेपछि क्षयरोगीका बिरामीहरुले सहजै उपचार पाउने बताउनुभयो ।
क्षयरोग केन्द्रका योजना शाखा प्रमुख वीर बहादुर रावलले भक्तपुर अस्पतालमा डीआरटी टीवी उपचार केन्द्रको सुरुवात संगै डीआर टीबी उपचार गर्ने केन्द्रको संख्या देशभरमा ९९ पुगेको जानकारी दिनुभयो ।
उहाँक अनुसार बागमती प्रदेशमा मात्रै यस्ता केन्द्रको संख्या २३ रहेको छ ।
रावलले नेपालमा क्षयरोगका बिरामीहरु अहिले पनि ठूलो संख्या रहेको जानकारी दिदै उनीहरुलाई पत्ता लगाउन आवस्यक रहेको बताउनुभयो । उहाँले औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी) अवस्था अझ भयावह रहेको बताउनुभयो ।
उहाँले अब भक्तपुर अस्पतालबाट डीआर टीबीका बिरामीका लागि बीप्याट र बीपालएम भनिने नयाँ उपचार पद्धती पनि सुरु भएको बताउनुभयो ।
नेपालमा औषधी प्रतिरोधी क्षयरोगीको संख्या तीन हजार बढी रहेको अनुमान छ । तर सरकारको सम्पर्कमा गत आर्थिक वर्षमा ४२६ जना मात्रै आएका छन् । यसले क्षयरोग अन्त्यको लक्ष्यमा असर परिरहेको छ ।
औषधी प्रतिरोधी क्षयरोगीको उपचार सम्पूर्ण रुपमा निशुल्क गरेको छ । अझ सरकारले संक्रमितलाई दैनिक जीवन सहताका लागि भन्दै मासिक तीन हजार रुपैयाँ नगद समेत उपलव्ध गराउँदै आएको छ ।