• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्य अधिकृत डंगोलको निधन, शुक्रबार शोक बिदा

    स्वास्थ्य अधिकृत डंगोलको निधन, शुक्रबार शोक बिदा

    बिहीबार , भदौ १९ २०८२
    बिहीबार , भदौ १९ २०८२
    स्वास्थ्य अधिकृत डंगोलको निधन, शुक्रबार शोक बिदा

    नुवाकोट, १९ भदौ । नुवाकोटको सूर्यगढी गाउँपालिकाका स्वास्थ्य अधिकृत नरेन्द्रमान डंगोलको निधन भएको छ । 

    सूर्यगढी गाउँपालिकाको स्वास्थ्य शाखामा सिनियर अहेब छैटौं तहमा कार्यरत विदुर नगरपालिका-२ नुवाकोटका ५० वर्षीय नरेन्द्रमान डंगोलको बिहीबार निधन भएको हो। 

    images


    उहाँको  निधनमा शुक्रबार सूर्यगढी गापा, स्वास्थ्य शाखा, वडा कार्यालयहरू तथा इकाईहरूमा शोक बिदा दिइएको गापा अध्यक्ष शन्तबहादुर घलेद्वारा जारी पत्रमा जनाइएको छ। 


    लामो समयदेखि  कार्यरत कर्तव्यनिष्ठ, इमान्दार, सरल, मिलनसार र होनहार स्वास्थ्यकर्मी डंगोलको त्रिशूली अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको अध्यक्ष घलेले बताउनुभयो ।

    मृतक डंगोलको दुई वर्ष अगाडि ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो।
    गाउँपालिका कार्यालय सुर्यगढी चोकदेमा कार्यरत अधिकृतको निधन भएपछि पालिकाले शोक बिदा दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार