• बुधबार, ४ कात्तिक २०८३
  • images

    हास्य कलाकार केदार घिमिरे घाइते, चारहप्ता आराम गर्नुपर्ने 

    हास्य कलाकार केदार घिमिरे घाइते, चारहप्ता आराम गर्नुपर्ने 

    बुधबार, भदौ ११ २०८२
    बुधबार, भदौ ११ २०८२
    हास्य कलाकार केदार घिमिरे घाइते, चारहप्ता आराम गर्नुपर्ने 

    काठमाडौ, ११ भदौ । चर्चित हास्यव्यङ्ग्य कलाकार तथा ‘माग्नेबुढा’ नामले चर्चित केदार घिमिरे घाइते हुनुभएको छ । 


    उहाँको दायाँ कुममा चोट लागेको छ। ब्याटमिन्टन खेल्ने क्रममा लड्नुभएका घिमिरेको  एभरेष्ट हस्पिटलमा उपचार भएको छ ।

    images

    डा सम्पूर्ण महर्जनका अनुसार घिमिरे खेल्ने क्रममा दायाँ क्ल्याभिकल (काँधको हड्डी) को डिस्टल भागमा  ‘चिप फ्याक्चर’ भएको छ।

    घिमिरेलाई हात प्रयोग गरेर कुनै पनि गतिविधि तत्काल नगर्न र कम्तिमा चार हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको छ।


    क्ल्याभिकल भनेको काँध र छातीलाई जोड्ने लामो हड्डी हो। यसको डिस्टल भाग काँधतर्फको छेउमा हुन्छ। सो भागमा सानो टुक्रा झर्ने वा चिरिने अवस्थालाई चिप फ्याक्चर भनिन्छ। सामान्यतया यस्तो चोट खेलकुद वा लडेपछिको चोटपटकका कारण हुने गर्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार